बलिउड सुन्दरी तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज ४६औं जन्मदिन पारिवारिक जमघटमा मनाउँदै छिन् । जन्मदिनको अवसरमा ऐश्वर्यालाई उनका पति अभिषेक बच्चनले रोमान्टिक तवरले शुभकामना दिएका छन् ।
अभिषेकले लेखेका छन्, ‘जन्मदिनको धेरै धेरै शुभकामना, प्रिन्सीपेसा’ । अभिषेकले आफ्नी जीवनसाथीलाई राजकुमारी भन्दै शुभकामना दिएका हुन् । विश्व सुन्दरी भइसकेपछि बलिउडमा प्रवेश गरेकी ऐश्वर्या केही वर्ष अघिसम्म नम्बर १ नायिकाको स्थानमा थिइन् । तर, बिहेपछि उनको करिअर कमजोर बन्यो र उनलाई अन्य नायिकाले उछिने ।
ऐश्वर्या अहिले पनि ठूलो पर्दामा सक्रिय छिन् । तर, उनको धमकेदार चलचित्र अझै आएको छैन । उनी, अब निर्देशक मणिरत्नमको नयाँ फिल्म देखिने तयारीमा छिन् ।
कर्नाटकको मंगलौरमा जन्मिएकी ऐश्वर्या फिल्म स्टारको साटो सफल आर्किटेक्ट बन्न चाहन्थिन् । विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्याले 'ताल', 'हम दिल दे चुके सनम', 'धुम', 'गुरू' और 'रोबोट' जस्ता सुपरहिट फिल्ममा अभिनय गरिसकेकी छन् । सन् २००७ मा ऐश्वर्या र अभिषेकको विवाह भएको थियो । ऐश्वर्यलाई हाम्रो तर्फबाट पनि ह्याप्पी बर्थ-डे ।
कटप्पासँग ऐश्वर्याको रोमान्स
पूर्वमिसवर्ल्ड ऐश्वर्या रायको यस्तो लुक्स
View this post on Instagram
✨🌈💕
A post shared by AishwaryaRaiBachchan (@aishwaryaraibachchan_arb) on