तामिल र तेलुगु फिल्मकी स्टार काजल अग्रवाल ३४ लागेकी छन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा आफ्नो पकड जमाइ रहिन् ।
यिनै सुन्दर अभिनेत्री काजलले आफू बिहेका लागि तयारीमा रहेको हालै सार्वजनिक गरेकी छन् ।
एक कार्यक्रममा उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी हुन् । ‘हो, अब छिट्टै बिहे गर्नेछु,’ उनले भनेकी छन् । काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को-स्टार प्रभासको बिहे चर्चालगत्तै आएको छ । कतिपयले त प्रभासले काजलसँग नै बिहे गर्न सक्नेसम्मको सम्भावना व्यक्त गरेका थिए । त्यसो त काजललाई कुन अभिनेतासँग बिहे गर्ने चाहना छ भन्ने सवालमा उनले पनि प्रभासकै नाम लिएकी थिइन् ।
हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पछिल्लोपटक बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मार्फत् देखिएकी थिइन् ।