अक्षर साहित्य प्रतिष्ठानको बाह्रौ स्रष्टा आँगन तथा सम्मान कार्यक्रम यसपटक टीकापुरमा भएको छ। प्रतिष्ठानको श्रष्टा आँगन कार्यक्रम साहित्यकार बलबहादुर रावलको आँगनमा भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ साहित्यकार प्राज्ञ बुँद रानाले साहित्यले सृष्टि र संसारलाई सुन्दर बनाउने बताए। उनले प्रकृतिले सबैथोक दिएको भएपनि प्रवृत्तिले ठग्ने हुनाले युवाहरुले युगवाहकको रुपमा रहनुपर्नेमा जोड दिए। साहित्यले विकृति रोक्नमा सहयोग पुग्ने र साहित्यबाटै सँस्कार, सँस्कृति सिकाउदै समृद्धि हुने उनको भनाई थियो।
कार्यक्रममा साहित्यकार एबम समाजसेवी बलबहादुर रावल, उहाँका आमाद्धय सावित्रीदेवी र चम्फादेवी तथा पत्रकार गणेश चौधरीलाई सम्मान गरिएको थियो।
अक्षर साहित्य प्रतिष्ठानका अध्यक्ष धनराज अविरलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव मदन प्यास, नेपाली कांग्रेसका नेता एबम् पुर्व राज्यमन्त्री चन्द्र सिंह भट्टराई, वरिष्ठ साहित्यकार गगनसिह थापा र प्राध्यापक सोनु गुरुङले शुभकामना व्यक्त गरेका थिए। त्यस अबसरमा कवियत्री रुपा रावल स्वार लगायत २१ जना स्रष्टाले विभिन्न रचना वाचन गरेका थिए।