रोल्पाका शनी विश्वकर्मा ‘नेपाल लोक स्टार’को विजेता भएका छन्। शुक्रबार भएको फाइनलमा शनीसहित रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामे छनौट भएका थिए। फाइनलमा पुगेका उनीहरुलाई पछाडि पार्दै शनीले लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’को विजेता बन्न सफल भएका हुन्।
लोक स्टारको विजेता भएसँगै शनीले ५० लाख नगद पुरस्कार हात पारेका छन्। यसका साथै उनले २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पनि प्राप्त गरेका छन्।
प्रदर्शनीमार्गस्थित भुकुटीमण्डपमा भएको ग्रान्ड फिनालेमा फष्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए। फष्ट रनरअपले २५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पुरस्कार हात पारेका छन्।
यस्तै, लिट्मस इलेक्टीफाइन पफर्मेन्स अफ द सिजनको टाइटल रामकुमार नेपालीले जितेका छन् जस अनुसार उनले नगद दुई लाख जितेका छन्।