साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित फिल्म २२ कात्तिकदेखि प्रदर्शनमा आउने भएको छ ।
लामो समयदेखि प्रदर्शन मिति जुराउन नसकेको ‘जीवन काँडा कि फूल’ बल्ल प्रदर्शनमा आउने भएको हो । विनोद विष्टको निर्माण तथा निर्देशन रहेको फिल्ममा दुई कलाकारले झमकको भूमिका निर्वाह गरेका छन् । झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले निर्वाह गरेका छन् ।
झमकको बहिनीको भूमिकामा स्वीकृति शर्मा र सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानले अभिनय गरेका छन् । झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर छ ।