‘हिजो आजका कुरा’ नेपाल टेलिभिजनमा १८ वर्षसम्म निरन्तर प्रसारण भयो र निकै लोकप्रिय पनि। अब यही नाममा चलचित्र बन्ने भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गरिएको छ। पन्त प्रोडक्सनद्वारा निर्माण हुने चलचित्रलाई वरिष्ठ कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्दैछन्।
चलचित्रमा ‘हिजो आजका कुरा’ का शीर्ष कलाकार सन्तोष पन्त र रमा थपलियाकै मुख्य भूमिका रहनेछ। यस्तै, नितेशराज पन्त, केकि अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधीकारी, सविन शाक्यलगायतको चलचित्रमा अभिनय रहनेछ।
चलचित्रमा वैदेशिक मोहको राम्रो र नराम्रो पक्षलाई हाँस्यापद र भावनात्मक तरिकाले प्रस्तुत गरिनेसमेत घोषणा कार्यक्रममा जानकारी दिइएको थियो। अशोक घिमिरे सह–निर्माता रहेको चलचित्रको छायांकन छटपछि सुरु गरिने जनाइएको छ। काठमाडौं र चितवनमा चलचित्रको छायांकन हुनेछ। चलचित्र आउँदो वैशाखसम्ममा प्रदर्शनमा ल्याउने निर्माण टीमको योजना छ। चलचित्रमा संगीत हर्कुलस बस्नेतको रहनेछ ।