बलिउड अभिनेत्री प्रियंका चोपडा निकै सुन्दर छिन् । उनको सौन्दर्यको चर्चा हलिउडमा समेत छाउने गरेको छ । उनी अहिले ‘द स्काइ इज पिंक’ लाई लिएर चर्चामा छिन् । प्रियंका पछिल्लो समय आफ्नो आउँदै गरेको फिल्मको प्रचारमा जुटेर अमेरिका फर्किएकी छिन् । यतिबेला उनी फिल्मको प्रचार देश-विदेशमा गरिरहेकी छिन् ।
फेसन स्टाइलकै कारण चर्चामा आइरहने प्रियंका हालै न्युयोर्कमा देखिइन् । जहाँ उनी आकर्षक ड्रेसमा थिइन् । साथमा भने 'पेट डायना' लाई लिएको देख्न सकिन्छ ।
प्रियंकाले प्रिन्टेट ड्रेससँगै लगाएको सनग्लासेजले निकै सुन्दर देखाएको थियो । हेरौं उनका केही सुन्दर तस्बिर जसलाई उनले आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् ।