साहित्यमा बिख्यात बुकर पुरस्कार यसवर्ष क्यानडाकी मार्गरेट एटउड र बेलायती बर्नरडाइन एभरिस्टोले संयुक्त रुपमा पाएका छन्। ७९ वर्षीया एटउड यो पुरस्कार पाउने सबैभन्दा वृद्ध साहित्यकार हुन् भने एभरिस्टो पुरस्कार पाउने पहिलो अश्वेत।
एटउडको पुस्तक ‘द टेस्टामेन्ट’ र एभरिस्टोको ‘गर्ल, उमन, अदर’ का लागि यो पुरस्कार दिइएको हो। सन् १९९२ मा संयुक्त रुपमा पुरस्कार दिइए पनि त्यसपछि नियम परिवर्तन गर्दै एकमात्र विजेता घोषणा गर्ने गरिएको थियो।
द टेस्टामेन्ट पुस्तक बेलायतमा एक हप्तामै १ लाख प्रति बिक्री भएको थियो। एटउडले यसअघि सन् २००० मा ‘ब्लाइन्ट एसेसिन’ नामक पुस्तकका लागि बुकर पुरस्कार जितिसकेकी छन्। बुकर पुरस्कार सन् १९६९ देखि दिन थालिएको हो।