दसैंको छेको पारेर नायिका तथा निर्देशक रेखा थापाको फिल्म ‘मालिका’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । बालविवाहविरुद्ध आवाज उठाइएको फिल्ममा कमला ओलीको शीर्ष भूमिका छ । गत वर्ष रिलिज भएको नारी प्रधान फिल्मले हलमा फ्लप भएको थियो भने युट्युबमा रुचाइएको छ ।
महिला हिंसा र बालविवाहविरुद्ध बनेको ‘मालिका’ लाई रेखाले निर्देशन गरेकी हुन् भने सरस्वती थापाले निर्माण गरेकी हुन् ।