बलिउड अभिनेत्री दीपिका पादुकोण फिटनेस र सुन्दरतामा अगाडि छिन् । मिहिनेत, अनुशासित जीवन नै उनको सुन्दरताको पहिचान हो । उनको फिटनेसको रहस्यबारे कौतूहल जाग्नु स्वभाविक हो । यस्ता छन् दीपिकाका फिटनेस राज ।
सर्वप्रथम त उनले आफूलाई फिट राख्न खानपिनमा विशेष जोड दिन्छिन्, यानि ताजा र स्वस्थ खानामा ध्यान दिन्छिन् । उनले मसालेदार र जंकफुडलाई कहिल्यै प्राथमिकता दिँदैनिन् ।
बिहानको खाजामा उनले २ अन्डा, कम फ्याट भएको दूध खान्छिन् । बिहानको खानामा भने गिल्ड माछा, पाएसम्म अग्र्यानिक तरकारी र चिया पिउँछिन् । यस्तै बदाम, फिल्टर कफी उनको साँझको खानामा पर्छ । राति सुत्ने बेला उनी ताजा तरकारी, सलाद तथा चिया रुचाउँछिन् । हरेक २ घण्टाको फरकमा उनी ताजा फल खान्छिन् । साथै प्राकृतिक ताजा रस वा नरिवल पानी पिउनु उनको फिटनेसको राज मानिन्छ । उनलाई डार्क चकलेट धेरै मन पर्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
यस्तो छ दीपिकाको दैनिकी
दीपिका बिहान ६ बजे उठ्छिन् । फ्रेस भइपछि उनी जगिङ गरी योग गर्छिन् । उनलाई योग मनपर्छ । त्यसैले उनी हरेक दिन योग छुटाउँदिनन् । यद्यपि उनी दौडन भने रुचाउँदिनन् । बरु, योग सकिएपछि आधा घण्टा हिँडडुल गर्छिन् । उनी जिम पनि जान्छिन् । त्यसैले त उनको शरीर पनि लचिलो छ । -एजेन्सीको सहयोगमा