‘घामड शेरे’ को लोक शैलीको गीत ‘साली मन पर्यो’ सार्वजनिक भएको छ । कात्तिक ८ देखि रिलिजको तयारीमा रहेको फिल्मको निर्देशन भने हेमराज बीसीले गरेका हुन् ।
गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको अभिनय देख्न सकिन्छ । गीतअनुसार फिल्ममा निश्चलको सालीको भूमिका स्वस्तिमाले निभाएको बुझ्न सकिन्छ । बिहेमा जन्ती गएको भिनाजुले सालीलाई देखेपछि गाएको यो गीतलाई रोचक बनाइएको छ ।
गीतका लेखक, संगीत तथा गायक कालीप्रसादलाई गायिका अस्मिता अधिकारीले आवाजमा साथ दिएकी छन् । कमेडी जनरामा बनेको फिल्ममा स्वस्तिमा, निश्चलसँगै सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखकका साथमा अतिथि भूमिकामा गौरी मल्लको अभिनय देख्न सकिन्छ ।