कमेडी तथा एक्सन जनरामा बनेको ‘बादशाह जुट’ को ट्रेलर सार्वजनिक भएको छ । ठ्याक्कै एक महिनापछि अर्थात् कात्तिक १५ गतेलाई रिलिज डेट तोकेको यो फिल्ममा सुशील श्रेष्ठ, अमिर गौतम, रोबिन तामाङ, रोशिल खड्का, कमलमणि नेपाललगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
फिल्मलाई जोन रानाले निर्देशन गरेका हुन् । अभिषेक कुमारको लेखनमा तयार भएको फिल्ममा प्रहरी अफिसर्स र एक पत्रकारको कथालाई रमाइलोसँग प्रस्तुत छ ।