कमेडी जनरामा बनेको नेपाली फिल्म ‘च च हुई’ को आइटम गीतमा एलिसा शर्माको जवानी मज्जैले पोखिएको छ । उनलाई अभिनेता आर्यन सिग्देलले साथ दिएका छन् । मंसिरको ६ बाट रिलिज हुने फिल्मको यो दोस्रो गीत हो ।
फिल्मका निर्देशक साम्तेन भुटिया र विनय सापकोटाले लेखेको गीतको संगीत भने रोशन थापाको छ । गीत रोशन र सुमन गुरुङले गाएका हुन् । गीतको कोरियोग्राफी शिशिर खातीको छ । फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ ।