अभिनेता विराज भट्टले निर्माण तथा निर्देशन गरेको नेपाली फिल्म ‘साङ्लो’ को फर्स्टलुक सार्वजनिक भएको छ । फर्स्टलुक सार्वजनिक सँगै रिलिज डेट पनि तय गरिएको छ ।
कात्तिक १५ देखि रिलिज गर्ने भनिए पनि ‘साङ्लो’ अब फागुन ९ गते रिलिज हुने भएको छ । फर्स्टलुकमा विराजलाई एक्सन अवतारमा देख्न सकिन्छ । फिल्ममा विराजलाई पूर्वमिस नेपाल निकिता चन्डकले अभिनेत्रीका रुपमा साथ दिएकी छन् । फिल्म एक्सन जनरामा बने पनि सामाजिक कथावस्तुसमेत रहेको बुझिन्छ ।