बलिउड स्टारर अक्षयकुमार अभिनित ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा बनेको फिल्म अक्टोबर २५ देखि रिलिज हुने भएको छ । ट्रेलरमा पुनर्जन्मको कथालाई कमेडी तवरले सार्वजनिक गरिएको छ । फिल्ममा सन् १४१९ र सन् २०१९ को कथालाई कमेडी माध्यमबाट प्रस्तुत गरिएको छ ।
अक्षय कुमारका अलावा रितेश देशमुख, बबी देवल, कृति सेनन, पूजा हेग्डे, कृति खर्बन्दाले अभिनय गरेको फिल्ममा साजिद नाडियाडवालाको लगानी परेको छ । फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन् ।