‘रातो टिका निधारमा’ आजदेखि देशैभरका हलमा सोलो रिलिजको अवसर पाएको छ । दसैंको मुखैमा त्यो पनि सोलो रिलिज हुन पाउनु निर्माता, कलाकार तथा ‘रातो टिका निधारमा’ को पूरै टिमलाई ठूलो अवसर पनि हो ।
यही सोलो रिलिजले भने लगानी उठाउला कि नउठाउला त्यो भने हेर्न बाँकी नै छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, राजाराम पौडेल, बुद्धि तामाङ, खुश्बु खड्का, वसुन्धरा भुसालको अभिनय देख्न सकिन्छ । यही फिल्मबाट निर्देशक अशोकका छोरा अंकितले डेब्यु गरेका हुन् ।