अक्षय कुमार स्टारर ‘हाउसफुल ४’ को फर्स्ट लुक सार्वजनिक भएको छ । योसँगै आगामी तिहारको छेको पारेर रिलिज गर्ने भन्दै फिल्म निर्माताहरुको दौडधुप बढेको छ । फर्स्ट लुकमा अक्षय कुमारलाई नै फरक तरिकाले फिचरिङ गरिएको छ ।
फर्हाद सम्जीको निर्देशनमा बनेको ‘हाउसफुल ४’ लाई सजिद नाडियवालाले निर्माण गरेका हुन् । यसअघिका तीनवटै सिरिज निकै सफल फिल्म थिए ।
फिल्ममा अक्षयका अलावा रितेश देशमुख, बबी देवल, कृति सेनन, पूजा हेगडे, चंकी पाण्डे, कृति खरबन्दालगायत कलाकारको अभिनय देख्न पाइनेछ ।