आरती खेत्रपालले अहिलेसम्म सय बढी लाइभ-शोमा सहभागी बनिसकेकी छ । बोल्ड फिगरकी आरती सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छिन् । उनी अब अल्ट बालाजीको वेब सिरिज रागिनी एमएमएस रिटर्न्स २ मा बोल्ड अवतारमा प्रस्तुत हुने पक्का भएको छ ।
अभिनय करिअरको आरम्भमा उनले गायक मिका सिंहको म्युजिक भिडियो (समा हे सुहाना) बाट डेब्यु गरेकी हुन् । बेलाबखत उनले आफ्ना बोल्ड तस्बिरहरु सामाजिक सञ्जालबाट सेयर गरिरहेकै हुन्छिन् । उनले एकता कपुरको रागिनी एमएमएस सँगसँगै थप ४ वेब सिरिजमा काम गरिरहेकी छिन् । आरतीले गरिरहेको सिरिजमा दिव्या अग्रवाल तथा वरुण सुद पनि मुख्य भूमिकामा छन् । यिनै सेक्सी अनि बोल्ड आरतीले आफ्ना फ्यानहरुका लागि भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका केही गज्जबका तस्बिर यस्ता छन् ।