पत्रकार अनुप ओझाको ‘संसारै बैमानी’ गीति भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ ।
गत वर्ष ‘वारिको डाँडामा म’ गीतसहित गायक भूमिकामा देखिएका ओझाले शुक्रबार दोस्रो गीत ‘संसारै बैमानी’ सार्वजनिक गरेका हुन् । गीत कर्णप्रिय हुनुका साथै भिडियो पनि गज्जब बनेको छ ।
उनले गत वर्ष ल्याएको गीतमा अवसरको खोजीमा विदेश पुगेका साथीको सम्झना पोखिएको छ । अनुपकै रचना रहेको ‘संसारै बैमानी’ मा दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाज, अवसरको खोजीमा विदेशिने युवाको कथा समेटिएको छ । भिडियोमा विजय बरालको जीवन्त अभिनय देख्न सकिन्छ । साथै पत्रकार ओझालाई पनि भिडियोमा फिचरिङ गरिएको छ ।