देउडा गीतको लयमा 'झुम्की' बोलको गीत सार्वजनिक भएको छ । निकै कर्णप्रिय लाग्ने झुम्कीको बजार व्यवस्थापनको जिम्मा भने एभरेस्ट ग्यालरीले लिएको छ । गीतका गायक तथा संगीतकार विष्णु भट्ट हुन् भने रचनाकार उमेश कठायत हुन् । देउडाको लयमा बनेको झुम्कीमा सृष्टि खड्काको गज्जबको अभिनय देख्न सकिन्छ । उनलाई सुरज मल्ल र कैलाश कठायतले पनि अभिनयमा साथ दिएका छन् ।
गीतको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।