आजबाट रिलिज भएको नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को व्यापार आक्रामक गरेको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रले मल्टिप्लेक्समा आक्रामक सुरुवात गरेको छ । भोलिका पनि अधिकांश हलका टिकट बिक्री भइसकेका छन् ।
लामो समयपछि नेपाली चलचित्रले दर्शकको उच्च साथ पाएको छ । चलचित्रमा दयाहाङ राई, कर्मा, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, विल्सनविक्रम राई, विजय बराललगायतको अभिनय देख्न सकिन्छ ।