गायक राजेशपायल राईको बानेश्वरस्थित घरमा सोमबार राति आगलागी हुँदा उनका सम्मान र प्रमाणपत्रहरू सबै जलेर नष्ट भएका छन्।
गायक राईले विभिन्न कार्यक्रममा पाएका मायाको चिनो, सम्मान र प्रमाणपत्र जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन।
गायक राई सांगीतिक कार्यक्रममा भाग लिन विदेश रहेका बेला बेला घरमा भएको आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
सो घटनापछि उनले फेसबुकमा आफू विदेशमा रहेका बेला पनि विपत्तिमा सहयोग गर्ने छिमेकीसहित प्रहरी तथा दमकलको टिम र सहयोगी सबैलाई धन्यवाद दिएका छन्। उनी अहिले अमेरिका, क्यानडाको दुई महिने भ्रमणमा छन्।
उनले फेसबुकमा भनेका छन्, ‘यो घडीमा अहिलै घरमा आउन सकिनँ, सक्दिन पनि , मसँग पेशा छ अनि बाध्यता पनि र आयोजकसँग अझै (अमेरिका,क्यानडा) दुइ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाईंहरुले दिएको आशिर्वाद, माया, सुझाव नजलोस्, म सदा तपाईंँहरु कै काखमा लुट्पुटिने मान्छे।’