हलमा आज (शुक्रबार) बाट दुई नेपाली फिल्मको भिडन्त छ । बलिउड अभिनेत्री सन्नी लियोनीलाई ठूलो रकम लगानी गरेर बनाइएको पासवर्ड र जयकिसन बस्नेतको लगानीमा बनेको हिरो नं. वान प्रदर्शनमा आएका हुन् ।
पासवर्ड सम्राट बस्नेतको निर्देशनमा तयार भएको फिल्म हो । यसमा मूर्ति चोरी–निकासीको कथा छ । फिल्ममा सन्नी लियोनीका अलावा नेपाली कलाकारहरु अनुपविक्रम शाही, विक्रमदास जोशी, धीरेन शाक्य, प्रवीण खतिवडा, बुद्धि तामाङ, रवीन्द्र झा, छुल्ठिम गुरुङ, परि राना, विक्रान्त बस्नेतको अभिनय छ ।
यस्तै ‘हिरो नं. वान' पनि आज (शुक्रबार) बाटै प्रदर्शनमा आएको छ । फिल्ममा जय किशन बस्नेतको लेखन निर्देशन तथा निर्माण छ। सिंगल थिएटरका दर्शक लक्षित फिल्ममा जयकिशनका अलावा एलिना रायमाझी, जाहान्वी बस्नेत, शोभित बस्नेत, लय संग्रौलालगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
यी दुई नयाँ फिल्मसँगै अहिले नेपाली फिल्म ‘मारुनी’, बलिउड फिल्म ‘साहो’, ‘छिछोरे’ र हलिउड हरर फिल्म ‘इट च्याप्टर टू (ए)’ पनि नेपाली हलहरुमा चलिरहेका छन् ।