पूर्वमिसवर्ल्ड तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले पिकक म्यागजिनको कभरका लागि हालै फोटो सुट गराएकी छन् ।
निकै आकर्षक देखिएको उक्त तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । उनीका प्रशंसकहरु पनि ऐश्वर्यको यो तस्बिरबाट निकै उत्साहीसमेत बनेका छन् । रातो रंगका थ्री लेयर्स तथा फेदर डिटेलिङ गाउनमा उनी निकै अग्ली पनि देखिएकी छिन् ।
फिल्ममा कम देखिने ऐश्वर्या सधैं आफ्नो फेसन सेन्सका कारण चर्चामा रहन्छिन् । उनी अझै पनि बलिउडका सुन्दर अभिनेत्रीहरुको सूचीको अग्रपंक्तिमै पर्छिन् । उसो त उनी यतिबेला निर्देशक मणिरत्नमको रिमेक गरिने नयाँ फिल्मको छायाकनमा सक्रिय हुने क्रममा छिन् । यसअघि उनले नै आफू निकट भविष्यमै मणिरत्नमसँग काम गर्ने खुलासा गरिसकेकी थिइन् ।