फिल्म ‘जीवन काँडा कि फूल’ को ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित छ । ट्रेलरमा घिमिरेको जीवनीका केही अंश प्रस्तुत गरिएको छ । फिल्ममा घिमिरेको बाल्यावस्थादेखि हालसम्मको जीवन प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा झमकको भूमिकामा सिलिगुढीकी बालकलाकार अवस्था थापाले अभिनय गरेकी छन् । झमकको अहिलेको अवस्थालाई चित्रण गर्ने भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्य छिन् ।
फिल्ममा झमककी बहिनीको भूमिकामा सारिका घिमिरे, बुबाको भूमिकामा किसन सुनार, आमाको भूमिकामा उमा गिरीलगायत ३० बढी कलाकारको अभिनय छ । फिल्मको कथा झमक घिमिरे, पटकथा संवाद मुक्ति उपाध्यायको छ । यो फिल्म कात्तिक २२ बाट देशभर प्रदर्शनमा आउनेछ ।