बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री मनीषा कोइराला 'प्रस्थानम' भन्ने फिल्ममा पुन: एकसाथ देखिने भएका छन् ।
१९९० को सुरुवाती दशकमा निकै रुचाइएको यो जोडी दशकपछि सँगै काम गर्न लागेको हो । देव कट्टाको निर्देशनमा बन्ने यो फिल्म २०१० मा रिलिज भएको हिट तेलुगु फिल्म ‘नेमसेक’को रिमेक हो । फिल्ममा अलि फजल र सत्यजित डुबेयको पनि मुख्य भूमिका रहनेछ ।
फराहद सञ्जीले लेखेको फिल्मको मुख्य आकर्षण भनेको नै मनीषा र सञ्जय बनेका छन् । दशकअघि यो जोडीले ‘मेहबुबा’ मा सँगै काम गरेका थिए ।
- एजेन्सीको सहयोगमा