हलीवुडको सबैभन्दा सुन्दर र चर्चित जोडी अलग भएको छ।
नायिका माइली सायरस र नायक लिएम हेम्सवर्थले विवाह गरेको १ वर्षमै अलग हुने निर्णय गरेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवै जनाले आपसी सहमतिमै छुट्टिने निर्णय लिएका हुन्।
उनीहरुले अझै पनि आफूहरुको करियर रहेको भन्दै अलग हुने निर्णय गरेको जनाइएको छ। यी दुवै जनाले सन् २०१८ मा विवाह गरेका थिए। विवाहअघि यी दुईका बीचमा १० वर्षदेखि सम्बन्ध रहेको थियो।