यस वर्षको (सन् २०१९) ‘मिस टुरिज्म’ को उपाधि विराटनगरकी आरजु पोखरेलले जितेकी छन् । १० प्रतियोगीलाई आज भएको अन्तिम प्रतिस्पर्धामा पछाडि पार्दै २१ वर्षीया पोखरेलले सो उपाधि चुमेकी हुन् ।
निर्णायक नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष सिएन पाण्डेले सोधेको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमलाई लाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पोखरेलले उपाधि जित्न सफल भएकी हुन्।
उपाधिसँगै उनले र ५० हजार नगद प्राप्त गर्नुका साथै पर्यटन क्षेत्रमा विभिन्न अवसर पाउने छिन् ।प्रतियोगितामा फष्ट रनअर अप काठमाडौँकी युसिका तुलाधर र सेकेन्ड रनअर अप झापाकी सविता न्यौपाने घोषित भए ।
उनीहरुले क्रमशः रु ३० हजार र २० हजार हात पारे । मिस टुरिज्मको उपाधि विजेता पोखरलेले ट्राभल एण्ड टुरिज्म विषयमा स्नातक गरेकी छिन्। उनी हाल रोयल माउण्टेन ट्राभलमा काम गर्दै आएकी छिन् ।