उच्च अदालत पाटनले नायिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दामा जारी पक्राउ पुर्जीको आदेशलाई सदर गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलासले शुक्रबार जिल्ला अदालतको आदेशलाई सदर गर्दै शिल्पाको पक्षमा आदेश दिन अस्वीकार गरेपछि बहुविवाह मुद्दामा छवि र शिल्पा पक्राउ पर्नबाट जोगिने कानुनी बाटो समाप्त भएको छ ।
पुर्जी जारी भएपछि फरार रहेकी शिल्पाले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध निषेधाज्ञा जारी गर्न माग गर्दै रिट दायर गरेकी थिइन् ।जिल्ला अदालत काठमाडौंले निर्देशक छवि ओझासँग बहुविवाह गरेकी शिल्पालाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको थियो।
छविकी पहिलो पत्नी हेमा ओझाले गत साउन ८ मा बहुविवाहमा कारबाही गर्न माग गर्दै मुद्दा दर्ता गरेकी थिइन् ।