बलिउडका फिल्म निर्माता तथा निर्देशक जे. ओम प्रकाशको निधन भएको छ । ‘आप कि कसम’, ‘आखिर क्युँ’, ‘अपनापन’, ‘अपना बना लो’ जस्ता थुप्रै फिल्म निर्देशन गरेका उनको ९२ वर्षमा निधन भएको हो । उनी बलिउड अभिनेता ऋतिक रोशनका मावलघरका हजुरबुबा पनि हुन् ।
जे. ओम प्रकाशले राजेश खन्नाको आपकी कसम, आखिर क्यों तथा जितेन्द्रको फिल्म अर्पण तथा आदमी खिलौना है जस्ता सफल फिल्म निर्देशन गरेका थिए ।
उनको अन्तिम संस्कार पवन हंस विले पार्लेमा गरिएको छ । निर्देशक प्रकाशकी छोरी पिंकीले ऋतिकका बुबा राकेश रोशनसँग विवाह गरेकी थिइन् ।