आगामी सेप्टेम्बरदेखि अनएयर हुने भारतीय रियालिटी टीभी शो बिग बोसको १३ औं सिजनमा सहभागाी हुने सेलेब्रिटीको नाम करिब तय भएको छ। शोलाई सलमान खानले नै होस्ट गर्नेछन् भने लोकेशन, थिम, टाइमिङ तथा कन्सेप्ट पहिलेभन्दा अझ उत्कृष्ट हुने बताइएको छ।
बिगबोसमा सहभागी हुने सेलेब्रिटीहरुले कन्ट्र्याक्टमा पनि हस्ताक्षर गरिसकेका छन्। जसमध्ये बलिउड अभिनेत्री मुग्धा गोड्से, टीभी अभिनेता सिद्धार्थ शुक्ला, मोडल तथा अभिनेत्री माहिका शर्मा, फिल्म अभिनेता चंकी पाण्डे, अभिनेता राजपाल यादव, टीभी अभिनेत्री देवोलिना भट्टाचार्य तथा टीभी होस्ट आदित्यनारायण झा छन्।