काठमाडौं जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। बहुबिवाहको जाहेरी दर्ताको आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
छविकी जेठी श्रीमतीले केही दिन अघि काठमाडौं प्रहरी परिसरमा बहुविवाहको मुद्धा दर्ता गराएकी थिइन्।अब प्रहरीले दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने छ।
तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए।नायिका पोखरेलले केही साता अघि आफूलाई श्रीमान(छवि)ले घरेलु हिंसा गरेको भन्दै प्रहरी समक्ष पुगेपछि यो जोडी आफैंमा विवादमा आएको थियो।