सन् २०१५ देखि नेपाली फिल्म क्षेत्रमा आएकी स्वस्तिमा खड्का पछिल्लो समय चल्तीकी अभिनेत्री पनि हुन् । उनी विशेषत: फिल्म २ रुपैयाँको गीत कुटुमा कुटुबाट चर्चित छिन् । यिनै कुटुमा कुटु... गर्लको पछिल्लो फिल्म बुलबुलने नेपाली सिने बजारमा धुम मच्चाउन नसके पनि उनको अभिनय उम्दा रहेकैले तारिफ योग्य बन्यो ।
सामाजिक सञ्जालमा छाइरहने कुटुमा कुटु गर्लले निर्देशक तथा अभिनेता निश्चल बस्नेतसँग लगनगाँठो कसेकी छन् । बेला-बेला आफ्ना फ्यानका लागि भन्दै बोल्ड तस्बिर सामाजिक सञ्जालमा उनले सेयर गरिरहेकी हुन्छिन् ।
पछिल्लो समय उनी स्टाइलिस्ट बनेसँगै तस्बिरहरु पनि सोही अनुसारकै सार्वजनिक गर्ने गर्छिन् । ड्रेस सेन्समा निकै सजग स्वस्तीमाले हाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पर्पल कलरमा सेक्सी तस्बिरहरु सार्वजनिक गरिन् । उनका फ्यानहरुका लागि यी तस्बिर उत्कृष्ट लागे । धेरै फ्यानहरुले यो तस्बिरको निकै प्रशंसासमेत गरेका छन् ।
उनले हालै श्रीलंकाको कोलोम्बोमा भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’ सहभागिता जनाइन् । साथै फिल्म ‘बुलबुल’ को पनि प्रदर्शन गरिएको थियो । पर्पल कलरमा उनले सार्वजनिक गरेका केही तस्बिर यस्ता छन् । जुन हामीले स्वस्तिमाको इन्स्टाग्रामबाट लिएका हौं ।