आख्यानकार गगनसिंह थापा आफ्नो पाँचौं कृति उज्ज्वली लिएर आएका छन्।
आगामी शुक्रवार काठमाडौंमा वरिष्ठ साहित्यकार डा . ध्रुबचन्द्र गौतमले आख्यानकार थापाको पाँचौं कृतिको बिमोचन गर्ने कार्यक्रम रहेको छ। । सुदुर पश्चिम नेपालको जातीय विभेद लघु उपन्यासको मुल बिषयबस्तु हो।
यसअघि थापाका सोह्र सौगात (संयुक्त लेखनमा कथा संग्रह) र कर्णालीको छेउछाउ, मेरो मधुशाला, पू्र्खाको चिट्ठी जस्ता उपन्यास प्रकाशित भइसकेको छ।
बिमोचन कार्यक्रममा नयनराज पान्डे, महेशबिक्रम शाह र निलम कार्की ‘निहारिका’ ले पुस्तक माथि टिप्पणी गर्नेछन्।