चौतर्फी विरोध भएपछि सरकार बलिउडको आइफा अवार्ड आयोजना गर्ने निर्णयबाट पछि हटेको छ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेका आईफा अवार्ड नेपालमा नहुने जनाएका हुन्।
अवार्डबाट थप निर्णय पर्यटन मन्त्रालयले गर्ने पनि उनले स्पष्ट पारे।
आईफा अवार्ड गर्नका लागि काठमाडौं महानगरपालिकाले लगभग ४४ करोड रुपैयाँ दिन लागेको सार्वजनिक भएसँगै यसको चौतर्फी विरोध सुरु भएको थियो। केहीदिन अघि बोर्डका कार्यकारी अधिकृत जोशीले आइफा अवार्डमा सरकारको कुनै रकम नलाग्ने र महानगरपालिकालगायतका निकायले खर्च बेहोर्ने बताएका थिए।