साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म जगतमा रुचाइएकी अभिनेत्री हुन् । पछिल्लो समय उनको डिमान्ड पनि उत्तिकै बढेको छ । ‘ड्रिम्स‘ फिल्मबाट नेपाली रजतपटमा उदाएकी साम्राज्ञीको लुक्स र अभिनयले दर्शकलाई लोभ्याउँछ ।
त्यसयता उनले ‘तिमीसँग’ ,’कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका फिल्ममा आफ्नो जादु पस्किइसकेकी छन् । उनी निर्माता र निर्देशकको नजरबाट नजिक देखिन्छिन् ।
उसो त उनी बेलाबेला चर्चामा भने आइरहन्छिन् । यसपटक उनी चर्चामा भने विकिनी लगाएर समुद्रमा गरिएको फोटो सुटबाट पुन: चर्चामा आएकी छन् । अहिले उनका विकिनी लगाएका तस्बिर सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय बनिरहेका छन् ।
उनका विकिनी अवतारका केही तस्बिर यस्ता छन् ।