'गलबन्दी...' बोलको गीतले प्रकाश सपुतलाई जति वाहवाही दिलायो त्यति नै गलायो पनि । शम्भु राईले उनीमाथि लय चोरीको विवाद लगाए पनि यो विवाद भने साम्य भएको छ । यद्यपि उनी अझै भावुक छन् । उनले लेखेको स्टाटसले त्यस्तै दर्शाउँछ ।
उनले फेसबुकमा लेखेका छन्, 'असार ११ म जगैदेखि भत्किएको दिन, म फेरि उठ्ने छु मलाई अलिकति समय दिनुस् ।’ उनले लेखेको स्टाटसमा धेरैले सहानुभूति प्रकट गरेका छन् । आख्यानकार बुद्धिसागरले उनलाई सहानुभूतिदिँदै लेखेका छन्, 'प्रकाश सपुतले स्विकारे चोरी भन्ने खालका सम्चार बन्द गरम् है । उनले चर्चित हुनुको हिसाब बुझाएका हुन् । उनले यो महिनाभरी भोगेको प्रताडनाको हिसाब छैन । उनको दोष नै चर्चित हुनु हो ।'
प्रकाशले लेखेका छन्-
२०७६ असार ११ ।
आफू जगैदेखि भत्किएको दिन ।
अलिकति समय दिनुस् है ।
म उठाउने छु आफूलाई ।
इमानको एक/एक इँटाहरु बटुलेर
गलबन्दी... बोलको गीत विवाद साम्य भए पनि सामाजिक सञ्जालमा भने क्रिया-प्रतिक्रिया रोकिएका छैनन् । गीतको विवादलाई जातीयतासँग जोडिएको छ ।