गायक हेमन्त रानाको आवाजमा ‘माया बस्यो है’ को भिडियो सार्वजनिक भएको छ । ‘साईली’ पछि हेमन्तको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको हो । हेमन्तकै शब्द तथा संगीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।
माया प्रेमको भाव बोल्ने गीतको भिडियोमा हेमन्त, किरण चाम्लिङ राई र मेघा प्रधानको अभिनय देख्न सकिन्छ । हेमन्त र किरणको निर्देशनमा बनेको भिडियोलाई लवेश श्रेष्ठ र रुबिन प्रधानले खिचेका हुन् । भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति देख्न सकिन्छ ।
एकचोटि देख्दैमा र यथार्थ नबुझी माया गर्ने सोच भएका आजका युवापुस्ता माथिको मिठो व्यंग्य गीतको भिडियोमा देख्न सकिन्छ । ‘साईली’ को अपार सफलतापछि हेमन्तको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको हो ।