बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलोपटक आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ ।
२ करोड भारतीय रुपैयाँ बुझेर बलिउड अभिनेत्री सन्नीले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको हो । 'मेरो नाम सन्नी’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलले गीतमा स्वर दिएकी छन् । विक्रम जोशीले भने यसको शब्द कोरेका हुन् । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अवतारमा देखिएकी छिन् । ‘आजको साम’ बोलको गीतमा सन्नीलाई बलिउड कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन् ।
यो गीतमा संगीत संयोजन महाराज थापाको छ । एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रवीन्द्र झा, धीरेन शाक्य, विक्रान्त बस्नेत, प्रवीण खतिवडा, लिसा सुनार, परी रानालगायत कलाकारको अभिनय छ । यो फिल्मको कथा सीमा गुरुङले तयार पारेकी हुन् ।
फिल्मको रिलिज डेट भदौ २७ लाई तोकिएको छ । यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् । अमरजित सिंहले छायांकन गरेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका हुन् ।