हजुर त परदेशी सौराई यति लाथ्यो, सौराई यति लाथ्यो,
कहाँ देखुँ कहाँ भेटुँ, क्यारी बोलाउँ भाथ्यो ।
चैर मुसी चैर…
नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका सिन्धु मल्ल र नेपाल आइडलका अमित बरालको आवाजमा नयाँ गीत 'पिरतीको जाल' बजारमा आएको छ ।
अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीले यो गीतको 'चैर मुसी चैर' बोलको गीतको भिडियोमा जोडीका रुपमा अभिनय गरेका छन् ।
अमित सिङगिङ रियालिटी शो नेपाल आइडलबाटै सांगीतक क्षेत्रमा आएका गायक हुन् । सार्वजनिक गीतमा उनका पति तथा सुदाम थापाको शब्द-संगीत छ । गीतको संगीत संयोजन भने केशव प्रकाशले गरेका छन् । गीतको कोरियोग्राफी शिव विकले गरेका छन् ।