नेपालमा पहिलो पटक बिशुद्ध नेपाली कच्चा पदार्थबाट तयार पारिएका पहिरनमा सजिएर नेपालका व्यवसायिक मोडलहरुले क्याटवाक गरेका छन् ।स्वदेशी उत्पादन प्रवद्धनका लागि फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमन नेपालको आयोजनामा‘फेसन फ्रमहोम २०१९’नामक उक्त रनवे हालै सम्पन्न भएको हो ।
कुडोज ब्याण्डका चार जना युवतीको भ्वाइलिनबादनको सुमधुर संगीत द्धारा शुरु गरिएको फेशन शो लाइ ५ बिधामा बिभाजन गरिएको थियो । दोस्रो सिक्वेन्स बाहेक बांकीप्रत्येक विधामा बिशुद्ध नेपाली पहिरनमा सजिएका व्यावसायिक मोडलहरुको क्याटवाकले उपश्थित भीआइपीलगायत अन्यदर्शकलाई समेत मनोरञ्जन मात्रै होईन नेपाली उत्पादन र नेपाली सीपप्रति उत्प्रेरित गरेको थियो ।
ढाका, अल्लो, बांस, गांजा, अंगुरा, खारिद लगायतका कच्चापदार्थद्धारा उत्पादित पहिरनका अलावा रिसाइकलद्धारा तयार पारिएक ाचित्ताकर्षक पहिरन शो का आकर्षण रहे । ‘मेड ईन नेपाल’मात्रहोइन सृजनात्मक सोचद्धारा सृजित पहिरनले ‘मेक ईन नेपाल’ का लागी सहयोगी हुने आयोजक डिजाइनरहरुको भनाइ थियो ।
पांच बिधामा विभाजित उक्त रनवेको पहिलो प्रस्तुती डिजाइनर मुक्ताश्रेष्ठद्धारा डिजाइन गरिएका ढाकाका स्टायलिस्ट वेयरेवल पहिरनमा व्यावसायिक मोडलहरुले क्याटवाक गरेका थिए भने दोस्रो विधामा फेडरेशनअफबिजनेस एण्ड प्रोफेसनलवुमन नेपालका युवा सदस्यहरुद्धारा सृजना गरिएका बांस र अल्लोका पहिरन प्रस्तुत गरिएको थियो ।
तेस्रो विधामाइन बुटिककी डिजाईनर अमृतापुनले डिजाइन गरेको अल्लो र खांदीका पहिरनमा मोडलहरुले क्याटवाक गरेका थिए ।
फेशन फ्रम होमको चौथो सिक्वेन्समा डांफेका डिजाइनर अनुजा जोशी र मनिष जोशी तथा हात्तीहात्तीकी रेनु श्रेष्ठद्धारा रिसाइकलमार्फत डिजाइन गरिएका पहिरनको प्रस्तुति रह्यो भने पांचौं सिक्वेन्समा फेशन डिजाइनर अनु श्रेष्ठको ह्याण्डमेड कालिस्तो डिजाइनका आकर्षक सारीको लोभलाग्दो प्रस्तुती रह्यो । डेली वेयरका लागि पनि उपयुक्त र क्यारी गर्न सहज यि परिहनहरु लुक्समा पनि कुनै अन्तराष्ट्रिय ब्राण्ड भन्दा कम थिएनन् ।
महिला मन्त्री थममाया थापा मगरको प्रमुख आतित्थ्यमा होटल याक एण्ड यतीमा आयोजित उक्त शो मा भीभीआइपी ईन्टरनेशनल डेलिगेट्स, राजदुत, कुटनितिज्ञ, व्यावसायी, बिभिन्न क्षेत्रका राष्ट्रिय–अन्तराष्ट्रिय व्यक्तित्वहरको सहभागिता थियो ।