चलचित्र पत्रकार संघ, नेपालले आफ्नो स्थापनाको २०औं वर्षको अवसरमा ५ पत्रकारलाई सम्मान गरेको छ ।
सम्मानित हुने रंग पत्रकारमा नरेश भट्टराई र श्याम स्मृत छन् । यस्तै यो वर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पत्रकारद्बय शारदा थापा र कुवेर गिरीलाई पुरस्कृत गरियो । ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट भने फोटोपत्रकार विनोद पोखरेललाई पुरस्कृत गरियो ।
राजधानीमा मंगलबार राति आयोजना गरिएको कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पुरस्कृत सबैलाई पुरस्कार तथा सम्मान प्रदान गरे ।
कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, रमेश उप्रेती, केकी अधिकारी, वर्षा सिवाकोटी, दीपाश्री निरौला, दीपकराज गिरी, केदार घिमिरेलगायतको उपस्थिति थियो ।