चेक बाउन्सको मुद्दामा मोडल खुश्बु ओलीलाई काठमाडौँ जिल्ला अदालतले तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गरेको छ ।न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई बिगो बराबरको रकम तिर्न पनि आदेश दिएको छ।
ओलीले ३६ लाख रुपैयाँ फिर्ता गर्ने क्रममा काटेको कुमारी बैंकको चेकमा पैसा नभएपछि सप्तरीका राजविराज–८ का गोपाल कटुवालले चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।२०६३ मा मिस टिनको ताज जितेकीले ओलीले केही म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।