नेपालले पहिलोपटक कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएको छ । नेपालका तर्फबाट अभिनेत्री प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुनेछिन् । यो फेस्टिभलमा सहभागी हुने प्रियंका पहिलो नेपाली कलाकारसमेत बनेकी छन् ।
‘विश्वमाझ नेपालको प्रतिनिधित्व गर्न कान्स फिल्म फेस्टिभल २०१९ ले हामीलाई मौका दिएर नेपाललाई सम्मान गरेको छ । यो एउटा सपना पनि थियो र अब पूरा हुँदैछ,’ उनले फेसबुकमा लेखेकी छन् ।
उनी कान्समा फिल्म फेस्टिभलमा ४ इभेन्टमा सहभागी हुनेछिन् ।