विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । बलिउड कलाकारहरु उत्कृष्ट अभिनयकै कारण संसारभर प्रशंसा बटुलिरहेका हुन्छन् ।
त्यसमा सुन्दरता र अभिनय क्षमताकै कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा छन् तर यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोकै कारण टिकेका छन् ।
उर्वशी रौतेला
सौन्दर्यका विषयमा कोही भन्दा कम छिनन् उर्वशी रौतेला । उनी सनी देवलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउड डेब्यु गरेकी हुन् । फिल्म ‘हेट स्टोरी ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।
जरिन खान
सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट बलिउडमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।
ईशा गुप्ता
सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सिनकै कारण उनका पछिल्ला सालिन पात्रका रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोसुटमै व्यस्त छिन् ।
अमिषा पटेल
करियरको आरम्भमा अमिषा पटेलका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीका रुपमा परिचित भइन् । फिल्म चल्न छोडेपछि विस्तारै उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेको छैन ।
सनी लियोनी
बलिउडमा प्रवेशअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।