गायक रोशन अधिकारी र अन्जु पन्तको स्वरमा सजिएको झ्यालको पर्दा... बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतको शब्द भने लोकराज अधिकारीले लेखेका हुन् । अर्जुन पोख्रेलले संगीतबद्ध गरेको गीतको भिडियो सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् ।
भिडियोमा प्रियंका कार्की र रोशनको अभिनय देख्न सकिन्छ । कर्णप्रिय गीतको म्युजिक भिडियोमा नृत्य निर्देशक शिव विकले रोशन र प्रियंकालाई नचाएका हुन् ।