चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ । जेठ १७ गतेलाई रिलिज डेट तय गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा निशा अधिकारीलाई आफ्नो बनाउन गौरव पहरी, भोलाराज सापकोटा र अभय बरालको प्रतिस्पर्धा देख्न सकिन्छ । दुईअर्थी संवादले ट्रेलरलाई हास्यरसको देखाइएको छ ।
यो चलचित्र निर्माण भएको लामो समयपछि रिलिज हुन लागेको हो ।
रोम ओली कार्यकारी निर्माता रहेको चलचित्रको निर्देशन भने दीपक ओलीले गरेका छन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई हरि घले लामाले खिचेका हुन् ।