मानिस तिम्रो “मानव अधिकार” भएर होला
सडकमा तिमी के – के गर्छौ
सडक अतिक्रमण गरी घर टहरा बनाउछौ
निर्माण सामाग्री राख्छौ, पसल थाप्छौ,
गाडी गुड्ने बाटोमा गाईवस्तु बाध्छौ
चरणमा छाड्छौ, बिस्कुन सुकाउछौ
आफनै मरणको ढोका खोल्छौ ।
मानिस तिम्रो “मानव अधिकार” भएर होला
सडकमा तिमी के – के गर्छौ
बाटो काट्न तोकिएको स्थान देखि – देखि
सडक पार जथाभावीबाट गर्छौ
साथी संगी भेला गरी बाटोमा खेल्ने कुद्ने गर्छौ
आफ्नै गल्तीले दुर्घटना हुँदा पनि
अर्को मानिस (चालक) लाई दोष दिन्छौ ।
मानिस तिम्रो “मानव अधिकार” भएर होला
सडकमा तिमी के – के गर्छौ
साना तिना समस्या समाधानको खोजीमा
सडक अवरोध, चक्काजाम गरी निर्दोष यात्रीलाई
घण्टौ सम्म सडकमा दुःखित राख्छौ ।
मानिस तिम्रो “मानव अधिकार” भएर होला
सडकमा तिमी के – के गर्छौ
ट्राफिक संकेत बोर्डहरुमा अनेक थरीका पोष्टर टास्छौ
बसमा ठाँउ हुँदा हुँदै छतमै यात्रा गर्छौ
आफ्ना सवारी साधनको उचित मर्मत सम्भार नगरी
पैसाकै पछि लाग्छौ जाँच पास गराउनलाई आलश्य गरी
कागजात मात्र बनाउँछौ ।
मानिस तिम्रो “मानव अधिकार” भए पनि
सडकमा अतिक्रमण नगर सडक साँगुरो पारी
जीवन जाखिममा नपार
तोकिएको सुरक्षित स्थानबाट हिड् अनि बाटो काट
बाटोमा खेली दुर्घटीत नबन
समस्याको समाधान सडकमा नखोज
चक्काजाम सडक अवरोधले कति
निर्दोषले दुःख पाए, हण्डर खाए
कति बिरामी उपचार नपाई मरे
कति हवाईजहाज यात्री विहिन उडे
कति बेहुली बेहुला बीना श्रृंगारीएर बसे ।
मानिस तिम्रो “मानव अधिकार” भए पनि
सवारी साधनको मर्मत गरी नियम बमोजिम
जाँच पास गरी सवारी चलाई
चौरासी लाख जुनी पछि पाईने मानव जीवन
सवारी दुर्घटनामा नमार नमर बिन्ती छ नमार नमर ।।।