बलिउड अभिनेत्री ऐश्वर्या रायले मणिरत्नमको आगामी फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ ।
फिल्म कल्की कृष्णमूर्तिको उपन्यास द सन अफ पोन्नीमा आधारित छ । यो बाहुबली फ्रेन्चाइजअन्तर्गत बन्ने भएको छ । फिल्ममा ऐश्वर्यासँगै अमिताभ बच्चन पनि देखिन सक्नेछन् । अहिलेसम्म बिग बीले भने यो फिल्म खेल्नेबारे प्रतिक्रिया भने जनाएका छैनन् । फिल्ममा ऐश्वर्याले बाहुबलीका कटप्पासँग रोमान्स गर्ने बताइएको छ ।
बाहुबलीमा कटप्पाको रोल निर्वाह गर्ने साउथ स्टार सत्यराजलाई यो फिल्ममा ‘पोन्निनी सेल्वम’ अफर गरिएको छ । यो फिल्ममा सत्यराज ऐश्वर्याका पतिको रोलमा देखिनेछन् ।
ऐश्वर्याका पतिको रोलका लागि साउथका अभिनेता मोहनबाबुसँग पनि कुरा भएको छ । मोहनले सकारात्मक सिग्नल दिए भने कटप्पाको रोल उनको हातबाट फुत्कनेछ ।
मणिरत्नमको यो मेगा बजेट फिल्ममा ऐश्वर्या राजकुमारीको भूमिका निभाउँदै छिन् ।