नेदरल्यान्डको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा पनि सञ्चालन हुने भएको छ । नेपालमा औपचारिक रुपमा आइमेक्स प्रोडक्सनले ल्याएको हो ।
आइमेक्स प्रोडक्सन तथा इन्डिमोल साइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो नेपालमा आउन लागेको हो । यसको चाँडै आरम्भ गरिने तयारी छ ।
देशअनुसार फरक-फरक भाषामा सञ्चालित बिग बोस नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ ।
बिग बोसभित्र रहने सहभागी सय दिनसम्म सञ्चार सम्पर्कविहीन रही सहभागिता जनाउनुपर्नेछ ।